2020-12-09 20:29:29
बिग बास लिगको पहिलो खेलमा सन्दीप सम्मिलित
अष्ट्रेलियाको सबैभन्दा ठुलो टि २० क्रिकेट प्रतियोगिता बिग बास लिग बिहीवार (आज) बाट सुरु हुदैछ। लिगको पहिलो खेलमा नेपाली स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली होर्बट हरीकेन्स र सिडनी सिक्सर्स बीच बेलेराइव ओवलमा नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ । यसअघि सिजनका खेलहरु ३ डिसेम्बरमबाट सुरु हुने तय भएको थियो । तर क्रिकेट अष्ट्रेलियाले प्रतियोगिता एक हप्ता अगाडि सारेको छ । क्रिकेट अष्ट्रेलियाले लिगका खेलहरु देशको बिभिन्न २१ ठाँउमा हुने जनाएको छ ।
नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले बिबिएलमा होर्बट हरीकेन्सबाट खेल्ने छन । तर हाल उनी नेपाल क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेका छन । सन्दीपका म्यानेजर रमण सिवाकोटीका अनुसार सन्दीप डिसेम्बर १४ वा १५ मा अष्ट्रेलिया प्रस्थान गर्ने सम्भावना रहेको छ । अष्ट्रेलिया पुगेपछि सन्दीप १४ दिन क्वारिन्टाईनमा बस्ने र उनको पिसिआर रिर्पोट आएपछि मात्रै प्रतियोगितामा सहभागिता जनाउने छन । सन्दीपले बिबिएलको सुरुवाती खेलहरु गुमाउने भएका छन ।











0 Comments