2021-03-23 00:20:24
चाबहिलमा निशाको निनिज बुटिक
फेसन डिजाइनर निशा श्रेष्ठले काठमाडौंको चाबहिलस्थित गणेशस्थानमा निनिज बुटिक सञ्चालनमा ल्याएकी छन् । बुटिकको नेपाल स्टार तथा अभिनेत्री विष्णु चेम्जोङ शुभारम्भ गरिन् ।
बागबजारस्थित आईआईएफटी स्कूल अफ फेसनमा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले बुटिक सञ्चालनमा ल्याएकी हुन् । उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुन् । यसअघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन् ।
फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिज्को अर्थ पूmपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन् ।










0 Comments