हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केरा सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।

दूधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जियत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समय समेत कम गर्छ ।।।

केराको गुदीमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ, जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । एक अध्ययनअनुसार दिनको एउटा शुद्ध केरा खानाले मृगौलाको क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपूर्ति गर्छ । पिसाब बढी भइरहने समस्या ठीक हुँदै जान्छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).