2022-07-21 06:04:14
बुद्धवार रातीको बाढिले मेलम्ची–हेलम्बु सडकखण्डको विभिन्न स्थानमा बाटो अवरुद्ध ।
मेलम्ची श्रावन ५ गते २०७९
बुधवार रातिको वर्षासँगै आएको बाढिले मेलम्ची–हेलम्बु सडकखण्डको विभिन्न स्थानमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । हेलम्बुको चनौटेमा पहिलाको बाढिले बगाए पछि बनाएको बाटो फेरी भत्किएको छ । हेलम्बुको ढुङ्रेबजार र मेलम्चीको सिमखेतमा पनि सडक बगाएर बाटोअवरुद्ध भएपछि पैदल हिड्न पनि समस्या भएको स्थानियले बताएका छन् । गएराति हेलम्बु क्षेत्रमा भारी वर्षा हुँदा ग्याल्थुम तथा मेलम्ची खोला तटिय क्षेत्रका बासिन्दाले घर छाडेर सुरक्षित स्थानमा गएको स्थानीयले बताए । राती हेलम्वु लगायत सिन्धुपाल्चोकको मेलम्ची खोलामा रहेको नाकोते र आसपासमा ठूलो वर्षा भएको थियो । खोलामा जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको थियो ।
न्युज स्रोत सिन्धुपाल्चोकबाट दिपक खत्री











0 Comments