2020-12-09 21:31:03
डिजिटल अडिसनमा भ्वाइस अफ नेपाल
द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी सोको रुपमा स्थापित भइसकेको द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी सोका सवैजसो रेकर्ड तोड्दै द भ्वाइस अफ नेपाल–२ करोडौं नेपालीको मनमा बस्न सफल भएको थियो ।
बहुप्रतिक्षित यो सोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु भएको छ । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले द अडिसनमा सहभागी हुन पाउने छन् । १६ बर्ष उमेर पुगेका युवादेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आबेदन गर्न सकिने छ ।
अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ । द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।











0 Comments