हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण २० गते २०७९
यो बर्ष भक्तपुरमा गुन्हुपुन्ही (जनैपूर्णीमा) श्रावण २६ गते मनाउँने भएको छ भने मूख्य आकर्षणको रुपमा रहेको सापारु(गाईजात्रा)को (घेंताङ घीसी नाच) श्रावणको २७ गते शुक्रवार मनाउँने भएको छ । भक्तपुरमा सापारु पर्व (गाईजात्रा)को आकर्षणको रुपमा रहेको ताहःसाँ (ताहामचा) बनाउन चाहिने बाँस एक हप्ता अगाडी देखि बेच्न आउँने गरिन्छ । प्रत्येक बर्ष जस्तै यो बर्ष पनि एक ब्यक्तिले चार चार वटा बाँस बोकेर ल्याई बेच्न आउँनेहरु बिहान देखि तःमारी र तचपाल टोल (दत्तात्रीय मन्दिरको अगाडी चोक)मा देख्न सकिन्छ ।

भक्तपुर नगरको दक्षिण आशापुर महादेव क्षेत्रबाट बिहान ३,४ बजे देखि बाँस बोकेर ल्याउने ५,६ बजेतिर भक्तपुर पुग्ने ब्यापारीहरु बताउँन्छन् । चार वटा बाँसको दुई हजार भने ता पनि १५सयसम्ममा बेच्ने गरेको ब्यापारीहरु बताउँन्छन् । बाँस सोही भाउमा किने ब्यक्तिको घरसम्म पुर्याई दिने गरेको पनि उनीहरु बताउँन्छन् । सापारु (गाईजात्रा) पर्वमा मरेको मान्छेको प्रति मूर्ती स्वरुप चार वटा बाँसको करिव १५ ,२० फिट अग्लो चार जनाले बोक्न मिल्ने गरी कपडाले बेरेर मरेको मान्छेको फोटो झुण्ड्याई ताहाःसाँ (ताहामचा) बनाएर नगरको घेंताङ घिसी पदमार्ग परिक्रमा गर्ने परम्परा छ । केटा मान्छे मरेको भए केटा कै लुगा र केटी मान्छेको केटी कै लुगा बेरेर ताहाःसाँ बनाईन्छ भने बच्चाहरुको चाही सानो डोकोमा कपडा बेरेर परालको सिंघ राखेर फोटो झुण्ड्याएको हुन्छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).