2020-12-09 21:39:49
गीत लेखनमा अमर बन्दै बान्तु
- सर्जक अमर बान्तुका थुप्रै गीत स्रोता-दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरु’ (केही गीत, केही कविता) सङ्ग्रह कृति पनि पाठकमाझ ल्याएका छन् । थुप्रै फुटकर गीत र कविता पाठकमाझ ल्याएका उनको ‘परिभाषाका राँटाहरु’ पहिलो काव्यकृति हो ।
बुबा लक्ष्मीप्रसाद राई र आमा वृन्दा लक्ष्मी राईका ७ सन्तानमध्येका काइँला छोरा हुन् अमर । भोजपुर दिल्पा नागीं जन्म भई हाल ललितपुर मानभवन बस्ने अमरका आमाको महिमा, हाम्रो वैभव, पचास वर्ष पुग्दाको अनुभव, अपुरो सपना, उर्वशीकी छोरो, घात, फूलमा फिक्का, जीवन सङ्गीनी, भोजपुरैको बजारमा, लाहुरेको कथा, बिर्सनु गाह्रो, किन टाढियौ, यौवनको लाज, अधुरो सपना, गणितीय माया, मीठो पागलपन, उपमा, दुःखी भई, अधुरो अभिसार, जीवनको अर्थ, बिर्सेको थेँ, भोगाइ, गाउँघर बिरानो, यशोधराको पहिलो दिनको बिलौना, अपरिचित वेगमा, मतवाली, आएर उनका, आफ्नै छायाँ, दाइजो प्रथा, महिनावारी, परेदशीको कथा, बोक्सी, महिला अफिसरको दिनचर्या, करको मनपरी, जन्मने रहर, बैङ्कक रात्रि जिन्दगी, कुलत, भूकम्प पीडा, नैतिकता, काठमाडौं जिन्दगी, बरियात, पक्का नेता, भँगेरीको बिचल्ली, अठोट, तिम्रो शहर, हरहर महादेवजस्ता थुप्रै गीत छन् ।











0 Comments