2022-08-22 15:21:10
बालयाँन दुरुपयोग अपराधमा फरार किवाचोका हरिकृष्ण कोजु पक्राउ ।
ख्वप भाद्र ६ गते २०७९
भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराध फैसला भई फरार रहेका प्रतिवादी हरिकृष्ण कोजुलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७९०,५,०५ गते सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोक बस्ने बर्ष ५१ को कोजुलाई मिति २०७९,०५,०६ गते भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ । कोजुलाई सम्मानित भक्तपुर जिल्ला अदालतबाट (रु. ५,००० जरिवाना र ३ महिना कैद) फैसला सुनाईएको परिसरले जनाएको छ ।











0 Comments