हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र १३ गते २०७९
गृह मन्त्रालयको सूचना अनुसार चार मिटर व्याज पिडितहरुले  भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । सो अनुसार भक्तपुरमा चार उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । प्रशासनले छानविन तथा अनुसन्धानको क्रममा रहेकाले उजुरीकर्ता पिडित र पिडक भनिएका सबैको परिचय गोप्य राखेको उहाँले बताउँनुभयो। भक्तपुरमा अन्य थप उजुरीका निवेदन परेपनि पिडित भनिएका व्यक्तिले यथेष्ट प्रमाण दिन नसकेको र केही अस्वभाविक देखिएकोले दर्ता नगरिएको प्रशासनले जनाएको छ । प्राप्त उजुरी उपर आवश्यक छानविन भइरहेको सहायक प्रजिअ शर्माले बताउनुभयो । पछिल्लो समय तराईका केही जिल्लाका साहुकारहरुको चर्को व्याजबाट पिडितहरुले राजधानीमा आएर प्रदर्शन गर्न थालेपछि सरकारले मिटर व्याजी विरुद्ध उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).