हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र, १३ गते २०७९
मध्यपुर थिमि नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको १०० दिनको अवसरमा सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका तिन वडा २, ३ र ५ वडामा सोमवार नगर प्रमुखले उद्घाटन गरि क्लिनिक सञ्चालनमा ल्याएको हो । वडा नं.२ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवनमा, वडा नं. ३ को वडा कार्यालय भवन कौशलटारमा र वडा नं. ५ को भुँलाखेलमा रहेका छन । 
क्लिनिकमा जनस्वास्थ्य निरिक्षक अघिकृत छैंटो तहको नेतृत्वमा हाललाई सि.अहेव र सि. अनमी गरी तीन जना गरि नगरभित्रका हेल्थ पोष्टमा भएका स्वास्थ्यकर्मीबाट शहरी क्लिनिकको जनशक्ति व्यवस्थापन गरिएको हो ।आजबाट सञ्चालित क्लिनिकमा गर्भवती जाँच, सामान्य बिरामी जाँच, घाउ खटिराको चिरफार र ड्रेसिङ, परिवार नियोजनका अस्थायी साधनहरुको वितरण, नेपाल सरकारबाट तोकिएका औषधीहरुको निःशुल्क वितरण जस्ता सेवा प्रवाह हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउँनुभयो । नगरप्रमुख श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा र प्रतिवद्धता पुरा गर्ने एक खुडकिलोको रुपमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका ५१९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको, चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐनहरु निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले पद बहाली भएको सय दिनको उपलब्धीका रुपमा जनताको आधारभुत अधिकार र मौलिक अधिकारभित्र रहेको स्वास्थ्य अधिकारलाई प्रत्याभुती दिने उद्देश्यले नगरपालिकाले हेल्थ पोष्ट नभएका वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । आब छिट्टै नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका दक्ष चिकित्सक, एमबिबिएस डाक्टर र नर्सहरुको व्यवस्थापन गरी क्लिनिकको सेवा बिस्तार गरिने पनि उहाँले जानकारी दिनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).