हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र २८ गते २०७९
सुनका गरगहना लुटपाट गर्ने ४ जना ब्यक्ति र २ वटा मोटरसाईकल सहित प्रहरी पृत्त थिमि र प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुले भक्तपुर र काभ्रे जिल्लाको विभिन्न स्थानहरुमा बिगत लामो समयदेखि गरगहना लगाएको व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी लुटपाट गर्दै आईरहेको परिसरले जनाएको छ । त्यस्तै लुटिएको सुनका गरगहनालाई स्वरुप परिवर्तन गर्ने थप २ जनालाई पनि लुटिएको करिव २ तोला सुन सहित काठमाण्डौको चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको पनि प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जनाएको छ । डीएसपी पाण्डेका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरु काभ्रेपलाञ्चोक भुम्लु गा.पा. ९ बस्ने बर्ष २२का बुद्ध तामाङ, काभ्रेपलाञ्चोक भुम्लु गा.पा ३ बस्ने बर्ष २१को सुदिप भण्डारी, उदयपुर जिल्ला त्रियुगा न.पा. ७ बस्ने बर्ष २३ का बिशाल राई, सिन्धुली मरिन गा.पा.५ बस्ने बर्ष २०का आर्यन माझी, चोरिएको सुन गाल्ने मोरङ जिल्ला शनिश्चरे न.पा.८ बस्ने बर्ष ४०का चन्द्र बहादुर बि.क. र चोरिएको सुन किन्ने भारत महाराष्ट्र जिल्ला सिङली घर भई हाल काठमाण्डौ म.न.पा. ७ बस्ने बर्ष ३५को अमोल भोसले रहेका छन् । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).