2022-09-24 12:23:55
दशै नजिकिएसँगै भक्तपुर जिल्लामा बजार अनुगमन शुरु गरेको छ ।
ख्वप असोज ८ गते २०७९
महान चाँड दशै नजिकिएसँगै भक्तपुर जिल्लामा स्थानिय निकायले बजार अनुगमन तिव्र बनाएको छ । चाँडवाडमा बजारमा म्याद नाघेका सामानहरु बेच्ने गरेको भन्दै जिल्लाको चार वटै नगरपालिकाले अनुगमनलाई तिव्र बनाएको हो । अनुगमनका क्रममा मध्यपुर थिमि नगरपालिकामा मासु पसल राँगो मासु भन्दै भैसीको मासु बेचेको र बदशाला धेरै फोहर भेटिएको अनुगमन टोलीले जनाएको छ । बिभिन्न खाद्यान्न पसलहरुमा म्याद नाघिएको सामान समेत जफत गरिएको छ ।
त्यस्तै चाँगु नारायण नगरपालिकाले गरेको दुवाकोट मोडमा गरिएको अनुगमनमा पसल नगरपालिकामा दर्ता नगरिएको पसललाई यथासिघ्र दर्ता गर्न निर्देशन दिएको र म्याद नाघेको सामानहरु जफत गरिएको टोलीमा सहभागी नगरवपालिकाका कर्मचारीले जानकारी दिएको छ । त्यस्तै भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाले पनि चाँडवाँडमा नागरिकको स्वास्थ्यमा खेलवाद नहोस् भनी बजार अनुगमनलाई तिव्रता दिएको छ ।










0 Comments