2023-01-05 13:47:16
जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु सार्वजनिक गरेको छ ।
भक्तपुर पुष २१ गते
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु पुष २० गते सार्वजनिक गरेको छ । जिल्लामा बिभिन्न व्यवसाय गरेर बसेका व्यवसायीहरुले आ आफ्नो व्यवसाय अन्तर्गत अनिवार्यरुपमा पालना गर्नुपर्ने शर्तहरु पूर्णरुपमा जानकारी होस भने हिसावले यो बुलेटिन निकालेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनु भयो ।
उहाँले बिगतमा बजार अनुगमनका क्रममा देखिएका व्यवसायीहरुको कमी कमजोरीलाई मध्यनजर गरि बुलेटिन तयार गरिएको पनि बताउँनु भयो । प्रजिअ शर्माले अनुगमन गएर व्यवसायीलाई कार्यवाही गर्नु भन्दा व्यवसायीले आफुले पालना गर्नुपर्ने शर्तहरु जानकारी दिन पाए व्यवसायीहरु आफै कार्वाहीबाट जोगिन सचेत हुनेमा आफु बिश्वस्त रहेको पनि पताउँनु भयो । अनुगमन पूर्व नै व्यवसायीहरुलाई पालना गनुपर्ने दायित्वको विषयमा सूचनामूलक जानकारी दिने र बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्तको अधिकार संरक्षण गर्ने उद्धेश्यले यो जानकारीमूलक सामाग्री प्रकाशन गरिएको हो । कार्यक्रममा बिभिन्न कार्यालयका उपभोक्तासँग सम्वधित प्रतिनिधिहरु, सरोकारवाला बिभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु सहभागीता रहेको थियो । सहभागी सबैले यो जानकारीमूलक बिषय समेटिएको सामाग्री जिल्ला स्थित व्यवसायीहरुको हातहातमा पुर्याउने प्रतिवद्धता जाहेर गरिएको थियो ।
साथै उक्त बुलेटिनको अन्तिम पानामा
१,सेवा तथा वस्तु खरिद गर्दा गुणस्तर, मूल्य, नापतौल हेरेर मात्र खरिद गने बानी बसालौं २, बस्तु तथा सेवा खरिद गर्दा प्राप्त वील विजकका साथै वारेन्टी गारन्टी कार्ड लिई सुरक्षित राख्ने वानी बसालौं
३, खरिद गरिएको वस्तु तथा सेवामा कुनै कैफिएत देखिएकमा आवश्यक छानवीन एवं कारवाहीका लागि तत्काल जिल्ला पशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहहरुमा सूचना अथवा जानकारी दिउँ
४, बजारलाई स्वच्छ र स्वस्थ्य बनाई सुशासन कायम गर्न राज्य प्रद्रत अधिकार प्रयोगका साथै कर्तव्य पनि पालना गरौं भनिएको छ ।










0 Comments