हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप माघ १० गते । मध्यपुर थिमी नगरपालिका वडा नं.३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको छ । 
गठ्ठघर उकालोमा रहेको जर्मनहोम्ससँगै रहेको आयु भवनबाट यहि माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो क्लिनिक शुभारम्भ हुने व्यवस्थापक बिकाश थापाले जानकारी दिएनुभयो । 
‘भक्तपुर जिल्ला र यस पूर्वका जिल्लाका जनताहरुको स्वास्थ्य उपचार सेवालाई सहज, सरल र गुणस्तरिय बनाउन यो क्लिनिक संचालनमा ल्याएको व्यवस्थापक थापाले बताउनुभयो । क्लिनिकमा एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरिय ल्याव, सहितको सेवा दिने यस संस्थाले जानकारी दिएको छन् । जस अन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा हुने क्लिनिकका अध्यक्ष प्रा.डा. सुरज बज्रचार्यले बताउँनुभयो । 
ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी ड्ड आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग÷इनभिट्रो फर्टिलाइजेशन र बाल रोग डा. बज्रचार्यले जानकारी दिनुभयो।  
७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई क्लिनिक दिने सेवामा २५ प्रतिशत आजीवन छुट प्रदान गर्ने र  अपाङता भएकाहरुलाई पनि यो सुविधा प्रदान गर्ने क्लिनिकको तयार गरेको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).