हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार १६ गते २०८०
भक्तपुरको गुण्डुमा शनिवार राती करिव ०९ बजे गुण्डुको तिनधारेमा स्कुटर दुर्घट्ना हुँदा चालक कृष्ण कुमार त्वाटीको निधन भएको हो । गुण्डुबाट पाण्डुबजार तर्फ आउँदै गरेको बा ९३ प  ५८८१ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घट्ना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घट्नामा सु.न.पा. ६ पाण्डुबजार निवासी बर्ष ४५ को त्वाटीको मृत्यु भएको छ भने पछाडी बस्ने उनकी छोरी बर्ष १९ की अनिता त्वाटी सामान्य घाइते भएको र उपचार पछि डिस्र्चाज भईसकेको परिसर भक्तपुरले जनाएको छ । घट्नास्थलमा प्रहरी वृत्त जगातीबाट अनसन्धान कार्य भई रहेको परिसर भक्तपुरले जानकारी दिएको छ ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).