2023-07-07 15:44:39
भक्तपुरको सृजना नगरमा बिहिवार साँझ ०६ः३० बजे तिर करिव १२ लाख बराबरको धनमाल चोरी ।
भक्तपुर असार २२ गते २०८०
असार २१ बिहिवार साँझ करिव १८ः३० बजेको समयमा भक्तपुर नगरपालिका वाडा नं.१ सृजनानगरमा रहेको रसना देबि श्रेष्ठको घरमा चोरी भएको हो । श्रेष्ठको साढे २ तल्ले घरको माथिल्लो तल्लामा रहेको भान्छा कोठाको झ्यालबाट सँगै जोडीएको कोठामा रहेको काठको दराज माथि रहेको चाँबीले दराज खोली दराज भित्र रहेको सुनका गरगहना र नगद चोरी भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घरवाट चोरीएको सामान यस प्रकारको रहेको परिसर भक्तपुरीले उल्लेख गरिएको छ ।
१, सुनका चुरा २ थान ३ तोला रु.३,३०,०००।
२ ,सुनको सिक्रि १ थान ३ तोला रु.३,३०,०००।
३, सुनको औठि ४ थान २।५ तोला रु.२,७५,०००।.
४, सुनको मङगलसुत्र १ थान १ तोला रु.१,१०,०००।
५, सुनको कानमा लगाउने टप २ थान आधा तोला रु.५५,०००।
६, सुनको लगेज १ थान आधा तोला रु.५५,०००।
७, नगद रु.३०,०००। गरी
जम्मा ११,८५,०००। रहेको छ । चोरी भएको खबर प्राप्त हुनसाथ प्रभाग कटुन्जेबाट प्र.ना.नि. प्रेम सिँह कुवँरको टोलि खटिगएको,र घत्नाको थप मुचुल्काको लागि जगाती वृत्तबाट प्र.नि सुन्दर चौलागाईको टोलि खटिगएको परिसर भक्तपुरका प्रमुख एसपी पजित केसीले जानकारी दिनुभयो ।











0 Comments