हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन्। लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन्।

 

युवाहरुको संस्था असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो। सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन्। यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा छ।

 

‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन्। आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्,’ विवेकले भने, ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन्। उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन्।’

 

सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए। उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए ।

 

प्रयोगकर्ताले प्लेस्टोरमा https://play.google.com/store/apps/details?id=com.ausnep.iKonfess बाट र आइफोनमा https://apps.apple.com/au/app/ikonfess/id1511519710 बाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).