2023-07-20 02:04:50
भक्तपुरको साँगामा बा ४ ख ९३९६ नं.को बस दुर्घट्ना । गाडी सडकबाट करिव ३० मिटर तल खोंचमा ।
भक्तपुर श्रावण ४ गते २०८०
मिति२०८० श्रावण ३ गते अन्दाजी सवा ३ बजेको समयमा भक्तपुरवाट बनेपा तिर जाँदै गरेको यात्रुवाहक बस साँगा झोलुगे पुल मुनि दुर्घट्ना भएको छ । बा ४ ख ९३९६ नं.को यात्रुवाहक बस सडकबाट ३० मिटर तल खोँचमा खसेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घट्नामा बसमा यात्रा गर्ने १० जना घाइते भएको परिसर भक्तपुरले जनाएको छ । दुघट्नामा सडक छेउमा पार्किङ्ग गरि राखेको बिश्वराम ग्वाछाको बा १३ प ६३१० नं.को मोटरसाइकल र सोही स्थानमा समित्रा खड्गीले संचालन गरिरहेको पानीपुरी पसलको त्रिपालमा क्षति भएको परिसरले जनाएको छ । जगाती वृतबाट ३ किलोटिरको दुरीमा भएको दुर्घट्ना स्थलमा प्र.ना.उ. राज कुमार श्रेष्ठको कमाण्डमा २० जना टोली गएर उद्धार गरेको जनाएको छ । दुर्घट्नामा घाइतेहरुलाई मध्यपुर अस्पताल थिमिमा उपचारका लागि पठाएको परिसरले जनाएको छ । घाईतेहरु १, बस चालक जिल्ला सिन्धुली गा.पा १ घर भइ हाल काठमाण्डौ नयाँ बसपार्क बस्ने बर्ष ३१को पुर्ण बहादुर पाख्रिन, २, यात्री सुनसरी बराहाक्षेत्र न.पा.१ घर भई हाल काठमाण्डौ बसुन्धारा बस्ने बर्ष ४४ कि रिता खत्री ३,काभ्रे बनेपा न.पा.७ बस्ने रितिका श्रेष्ठ, ४, काभ्रे बनेपा न.पा १३ बस्ने बर्ष ५९का अर्जुन खड्का ५, ऐ.ऐ.घर भई हाल पाण्डुबजार बस्ने बर्ष ३०को सुर्य बहादुर पाख्रिन ६, सिन्धुपाल्चोक सुनकोशि गा.पा. ५ घर भई हाल बनेपा बस्ने बष ३९को अमर लामा (डिस्चार्ज भईसकेको) ७, काभ्रे बनोपा नपा ३ बस्ने बर्ष २२ कि सुस्मिता श्रेष्ठ ८, ऐ.ऐ. वडा नं.१३ बस्ने बर्ष २०को विनय जोशी ९, ऐ.ऐ. घर भई भैसेपाटी बस्ने बर्ष २० कि दिक्षा तिमल्सिना सबै जना डिस्चार्ज भइसकेको जनाएको छ । १०, माभ्रे खानिखोला गा.पा. ४ जगथलि बस्ने बर्ष १८को दिपक बि.क.को बनेपा स्थित शिरमेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।











0 Comments