2023-08-06 06:48:20
कौशलटारबाट ४ लाख भन्दा बढी नगद सहित जुवा खेल्ने १३ जना पक्राउ ।
भक्तपुर श्रावण २१ गते २०८०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.३ कौशलटार स्थित एक घरमा संचालित प्रभु खड्को होटलबाट जुवा खेलिरहेको खालबाट १३ जना समातिएको छ । रामेछाप सुनपाती गाउँपालिका वडा नं. ५ घर भई हाल कौशलटारमा होटल संचालन गरि बसेका बर्ष ४०को प्रभु खड्काको होटलबाट श्रावण २० गते शनिवार १३ जनालाई प्रहरीले नियन्त्रण लिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त होटलबाट खेलिरहेको अवस्थामा नगद ४लाख १७ हजार ४सय २५ रुपैया र १० जोर तास सहित दिउँसो ५ बजे नियन्त्रणमा लिएको परिस भक्तपुरले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भई हाल काठमाण्डौ १३ बस्ने बर्ष ३२को राज कुमार लामा, काभ्रेपलान्चोक बेथानचोक गा.पा. ८ घर भई काठमाण्डौ रानीबन बस्ने बर्ष २८को सरोज वाईबा, मकवानपुर हेटौडा उपअहानगरपालिका १८ घर भई हाल भक्तपुर थिमि नपा १ लोकन्थली बस्ने बर्ष ३६को कृष्ण बहादुर मोक्तान, सिन्धुली कमलामाई नपा वडा नं.४ घर भई हाल काठमाण्डौ चावहिल बस्ने बर्ष ३६को दिप बहादुर तामाङ्ग, काभ्रेपलान्चोक बनेपा बस्ने बर्ष ५०को अर्जन थापा, काठमाण्डौ तार्केश्वर नपा ८ बालाजु बस्ने बर्ष ४१को टिका बराल, ओखलढुङ्गा घर भई हाल भक्तपुर नपा २ व्यासी बस्ने बर्ष ४०को हेम बहादुर खत्री, काभ्रेपलान्चोक बेथानचोक घर भई हाल काठमाण्डौ चक्रपथ बस्ने बर्ष २९को दावा लामा, सिन्धुली गोलान्चोर गापा ६ घर भई हाल भक्तपुर गठ्ठघर बस्ने बर्ष २८को खड्ग थापा, सिन्धुपाल्चोक जुगल गापा ५ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ४५को जित बहादुर बिक, सिन्धुपाल्चोक ईन्द्रावती गापा ३ घर भई भक्तपुर थिमि राधेराधे बस्ने बर्ष ३६को सिताराम बाँनिया र भरतको बड्गनिया घर भई हाल भक्तपुर सुर्यविनायक नपा ६ सुर्यविनायक बस्ने बर्ष ३६को महन्त चौधरी रहेको प्रहरी परिसर भत्तपुरले जनाएको छ ।











0 Comments