हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण २६ गते २०८०
भक्तपुर चाँगुनारायण वडा नं.४ बस्ने बर्ष ४०को अर्जुन सुवेदीको कोठाबाट नेपाली जाली (नक्कली) नोट र बनाउने बिभिन्न सामान बरामद गरेको छ । श्रावण २५ गते साँझ ६ बजेको समयमा भक्तपुरको चाँगुनारायण वडा नं. ४ बुढाथाकी गाउँ स्थित मध्यपुर थिमि १ लोकन्थली बस्ने मनिष लुईटेलको साढे एक तल्ले पक्की घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी वडा नं. ७ घर भएका अर्जुन सुवेदी कोठाबाट नक्कली नोट १००० को १५०० वटा र नोट बनाउन प्रयोग गर्ने बिभिन्न सामान सहित पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सुवेदीलाई बिहिवार बिहान काठमाण्डौ थानकोबाट नक्कली नोट सहित प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि थानकोट वृत थानकोट मै राखिएको परिसरले जनाएको छ । सुवेदीलाई नियन्त्रण लिए पश्चात नक्कली नोट बनाउँने निम्न बिभिन्न सामान सहित थप ९ जनालाई भक्तपुरको चाँगुनारायण ४ बुढाथाकी गाउबाट पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । 
१, सिन्धुपाल्चोक बलेफी न.पा. ७ घर भई हाल भक्तपुर चाँगुनारायण न.पा. बस्ने बर्ष अं ४०को अर्जुन सुवेदी ।
२, सिन्धुपाल्चोक सुनकोशी गा.पा. ६ घर भई हाल का.जि. मुलपानी बस्ने बर्ष २१को मिलन भण्डारी 
३, सिन्धुपाल्चोक सुनकोशी गा.पा. ६ घर भई हाल का.जि. मुलपानी बस्ने बर्ष २३को श्रीकृष्ण भण्डारी 
४, सिन्धुपाल्चोक सुनकोशी गा.पा. ६ घर भई हाल का.जि. मुलपानी बस्ने बर्ष ३२को शिव भण्डारी 
५, सन्धुपाल्चोक सुनकोशी गा.पा. ६ घर भई हाल का.जि. पेप्शीकोला सनसिटी बस्ने बर्ष २६को शुसिल कार्की
६, नवलपरासी जिल्ला सराबल गा.पा. २ घर भई हाल का.जी. सामाखुशी बस्ने बर्ष ३५ की पार्वती नेपाली 
७, गुल्मी जिल्ला वडागाउँ गा.पा. २ घर भई हाल सामाखुशी बस्ने बर्ष २७को सागर आचार्य 
८, अछाम घर भई हाल का.जि. मातातिर्थ बस्ने बर्ष २३को अर्जुन बृढा 
९, झापा जिल्ला घर भई हाल का.जि. सामाखुशी बस्ने बर्ष २४ को युवराज राई रहेका छन्

भने उनीहरुबाट बरामद रामान यस प्रकार रहेको परिसर भक्तपुरले जनाएको छ ।
१, १००० हजारको १५०० वटा रु, १५००००० लाख 
२, कलर प्रिन्टर १ थान 
३, कम्प्युटर १ थान
४, मोबाईल १२ थान र
५, ४ वटा स्कुटी मोटरसाइकल रहेका छन् ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).