हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज १६ गते २०८०
बिश्वमा प्रत्येक बर्षको अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । क्यान्सर सचेतना महिना मै दिक्षा (गौरी) हाडा स्मृति प्रतिस्थान DFN र लाइन्स क्लब अफ भक्तपुरको आयोजनामा क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८०, गर्न लागेको छ । प्राणघातक क्यान्सर रोग सम्वन्धि सचेतना अभिबृद्धी गर्ने उद्देश्य अनुरुप यहि असोज २० गते शनिवार क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८० , गर्नलागेको हो । प्रख्यात गायिका देविका बन्दना पनि प्राणघातक क्यान्सर रोग बिजेता हुनु हुन्छ ।

उक्त कार्यक्रमको प्रवद्र्धन हुने गरि मंगलवार भक्तपुरमा प्रभात फेरी कार्यक्रमको सम्पन्न भएको छ । दिक्षा गौरी हाडा स्मृति प्रतिस्थान र लायन्स क्लब अफ भक्तपुर भैरवको संयुक्त आयोजनमा बाजा गाजा सहित भक्तपुरको सिद्ध पोखरीवाट शुरु भई खौमा सुकुलढोका, तःमारी हुँदै सिद्ध पोखरीमा आई बिसर्जन भएको थियो । उक्त प्रभात फेरीमा दिक्षा गौरी हाडा स्मृति प्रतिस्थानका सदस्यहरु ,लायन्स क्लबका सदस्यहरु, क्यान्सर सपोट ग्रुपका सदस्यहरु लगायत थुप्रै शुभेच्छुकहरुको सहभागी रहेका थिए । अन्तमा दिक्षा गौरी  हाडा स्मृति प्रतिस्थानका अध्यक्ष राजेश हाडाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै यही असोज २० गते इम्पेरिय बैक्वेदमा सम्पन्न हुन गइरहेको ूक्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक सांझ २०८० ू मा उपस्थित हुन अब्हान गर्नु भएको थयो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).