हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ १२ गते २०८०
कमलविनायकमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले शुक्रबार केन्द्रले गरेको प्रथम अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । भक्तपुर जिल्लामा कार्यरत पत्रकारहरुसँंग अन्तक्रिया गरी केन्द्रले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। 
अन्तत्र्रियामा केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरबासीहरुको विश्वास  बढ्दै गएको बताउनुभयो । यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरुको संख्या वार्षिक रुपमा वढ्दै गएको तथ्यांक कार्यक्रममा तथ्यङ्ग प्रस्तुत गर्नभयो।


प्रस्तुत तथ्यांक अनुसार जिल्लामा चालू आर्थिक वर्ष २०८० ८१ को ६ महिनामा कुल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन् । डा गिरीले केन्द्रमा सम्पूर्ण उपचार निःशुल्क हुने जानकारी दिंदै स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क पाउने उनले जानकारी दिनुभयो । साथै केन्द्रले निशुल्क बाहेकका औषधीका लागि विरामीको सहजताका लागि सहज औषधि वितरण कक्षको पनि बेवस्था गर्दै आएको र नाफा नलिने उद्देश्यका साथ सञ्चालित औषधि विक्री केन्द्रबाट १० प्रतिशत छुटमा विक्रीवितरण हुने समेत जानकारी दिनुभयो। अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास वढेकोमा खुशी व्यक्त गर्दै उहाँले यसका लागि केन्द्रलाई बधाईसमेत दिनुभयो। व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमा अध्यक्ष अधिकारीले केन्द्रको आफनै भबनका लागि प्रयास जारी रहेको बताउँनुभयो। हाल केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको छ भने जिल्लाको चार वटै नगरपालिकाबाट पनि यस प्रकारका निशुल्क सेवा प्रदान गरिंदै आएको जानकारी गराईएको थियो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).