2024-02-06 11:32:34
रफत सञ्चार क्लबको १४ औं बार्षिक कार्यक्रममा ३ पत्रकार र एक स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
भक्तपुर माघ २३ गते २०८०
रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४ औ वार्षिकोत्सवको अवसरमा तिन जना पत्रकार र एक जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई, स्वतन्त्र पत्रकार कृष्ण किसी र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नगद सहित समानपत्र र दोसल्ला ओढाई सम्मान गरेको थियो ।
तीनै जनालाई युवा क्रियाशिलता पुरस्कार प्रदान गरिएको हो भने कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि सम्मान गरियो हो ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, रफत सञ्चार क्वलका संरक्षक प्रेमबहादुर थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।










0 Comments