हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुण १८ गते २०८०
भक्तपुरको सल्लाँ गणेशस्थित दत्तात्रीय फोटो स्टुडियोका संस्थापक पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष अघि खिचिएका देखि उहाँका छोरा र नातिहरुले हाल खिचिएका फोटोहरुको प्रदर्शनी गरेको छ । आज शुक्रवार नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष्य नारायण मान बिजुक्छेले उद्घाटन गरिएको उक्त प्रदर्शनी भक्तपुरको लायकुको लाँचा पल्चामा (दरवार क्षेत्र) मा करिव ६८ वटा फोटोहरु राखेको छ । स्व. बद्री प्रसाद बनेपालीका छोरा फोटोग्राफर तथा पत्रकार केदार प्रसाद बनेपालीको ६८ बर्ष पुगेको उपलक्ष्यमा ६८ वटा फोटोहरु प्रदर्शनीमा राखेको बताउनुभयो । दुई दिनसम्म चल्ने प्रदर्शनीमा तिन पुस्ताले खिचिएका बिभिन्न सम्पदाहरु जात्रा पर्वका फोटोहरु हेर्न सकिनेछ । एउटै सम्पदा तिन पुस्ताले खिचिएको तिन स्वरुपमा पनि हेर्न सकिन्छ । दरवार क्षेत्रको शिलु महादेव (फसिदेग) र खरिपाटी ब्यारेक निरको यातु महादेव मन्दिरको तिन फरक स्वरुपमो फोटो हेर्न सकिन्छ । सबै फोटोहरु श्यामश्वयत (ब्लाक एण्ड ह्वाईट)मा राखिएको छ । प्रदर्शनी हेर्न आउने दर्शकले हालसाल खिचिएको फोटोहरु रंगिईन (कलर)मा हेर्न पाएको भए सुनमा सुगन्ध हुने सुझावहरु दिएका छन् । उहाँहरुको अनुसार नयाँ फोटोहरु पनि ब्लाक एण्ड ह्वाईटमा हेर्नु पर्दा सबै फोटोहरु धेरै पुरानो जस्तो लागेर नयाँ पुरानो छुट्याउन अलि कठिन भएको बताएका छन् । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).