2024-03-04 14:35:02
राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसँगै एक पुरुष मृत फेला परेको छ ।
भक्तपुर फागुण २१ गते २०८०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.९ राधेराधेस्थित हनुमन्ते खोलामा आज बिहान स्कुटरसँगै एक पुरुषको लास फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ईलाम नगरपालिका वडा नं.३ घर भई हाल काठमाण्डौ कोटेश्वर तिनकुने बस्ने बर्ष २६ को छत्र थापा भन्ने पुरुषको लास फेला परेको हो । खोलामा लाससँगै बा. ८६ प. ९७३० नंंको स्कुटर सहित खोलाको बिचभागमा उत्तानो परेको अवस्थामा बिहान ६ बजेर १५ मिनेटमा लास फेला परेको परिसर भक्तपुरले जनाएको छ । लास पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घट्नाको थप अनुसन्धान भई रहेको परिसरको सूचना अधिकारी प्र.ना.उ. (डिएसपी) बसन्त पाठकले जानकारी दिएको छ ।











0 Comments