2024-04-26 09:39:52
मध्यपुरको लोकन्थलीमा डलर देखाएर ३ लाख ५० हजार ठगी २ जना प्रहरी नियन्त्रणमा ।
भक्तपुर बैषाख १४ गते २०८०
बुढानिलकण्ठ बस्ने हिरामाया मगरसँग डलर साट्ने बाहानामा ३ लाख ५० हजार ठगीएको छ । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडां. ६ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२ की मगरले मिति २०८० चैत्र ०१ गते प्रहरी वृत थिमिमा आफु यसरी ठगीएको उजुरी दिएको थियो । डलर साट्ने बाहानमा सुमन शेर्पा र लाक्पा शेर्पाले लोकन्थलीमा बोलाई डलर देखाई रु ३ लाख ५० हजार ठगी गरिएको भनि मगरले उजूरी गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उक्त निवेदनको सम्बन्धमा अनुसन्धान गरि २०८१ बैषाख १३ गते काठमाण्डौ उपत्यका अपराध अननुसन्धान कार्यालय भक्तपुर शाखा र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले ठगी गर्नेलाई नियन्त्रणमा लिएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ बङ्गलामुखी मन्दिरबाट बागमती प्रदेश ०२ ०४८ प ४५२५ नं.को मोटरसाइकल सहित उक्त घट्नामा संलग्न सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. २ बस्ने बर्ष २९को सरोज तामाङ्ग र ऐ.ऐ. बस्ने बर्ष ३६ को राज कुमार तामाङ्गलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको परिसर भक्तपुरले जनाएको छ ।











0 Comments