हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण १३ गते २०८१ 
२०८१।०४।१३ गते राती अन्दाजी ०१ः२० बजेको समयमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमीस्थित मोटरसाइकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट भक्तपुर तर्फ आँउदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं.को मोटरसाईकलाई सोही दिशा तर्फबाट आँउदै गरेको बाग्मती प्रदेश ४ ख. २९०१ नं.को टिपरले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. १ घर भई हाल भक्तपुर कमलबिनायक  बस्ने वर्ष अन्दाजी २१ को सुवाष तामाङ गम्भिर घाईते भएको थियो । तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा ऐ. मितिको ०१ः४५ बजेको समयमा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। लाश पोष्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको भने मोटरसाईकलमा पछाडी सवार जिल्ला काभ्रेपलान्चोक माहाकाल गाउँपालिका वडा नं. ६  घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष २० को संजिव थापा मगरको मध्यपुर अस्पताल थिमी उपचार भईरहरको परिसर भक्तपुरले जनाएको छ। घटनास्थलमा प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र टिफर चालक जिल्ला काभ्रेपालन्चोक मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).