2024-08-02 06:58:57
यसपालीको खँःम्ये श्रावण २१ गते द्यःछें भित्र्याउने, १० बर्ष पछि बल्ल पालो आयो, बिश्वराम सुवालले ।
भक्तपुर श्रावण १८ गते २०८१
नेपालीहरुको महान चाँड बिजया दशमीको नवमीमा हुने बिश्व प्रसिद्ध खँःम्ये जात्राको लागि चाहिने राँगो श्रावण २१ गते नवदुर्गा द्यःछें भित्र्याउने भएको छ । काभ्रेको नालाबाट ल्याउन लागेको राँगो एक लाख बिस हजारमा खरिद गरि ल्याउन लागेको हो । भक्तपुर नगरपालिका वडा नं.४ तँःचा हाल सुर्यविनायक नपा वडा नं.६ साम्ले निवासी बिश्वराम सुवाले ब्यहोर्ने खँःम्ये जात्रा व्यवस्थापन कमिटीले जनाएको छ ।
खँःम्ये जात्राको लागि राँगो सहयोग गर्ने दाताले २०७२ सालमै नाम लेखेर राखेकोमा बल्ल यसपाली २०८१ सालमा आफ्नो पालो आएको बिश्वराम सुवालले बताउँनुभयो । उहाँका अनुसार आफ्नो बुबा स्व. मुक्ति बहादुर सुवालले खँःम्ये राख्न २०७२ सालमै नाम लेखेर पालो कुर्दै बसेको र बल्ल यो बर्ष पालो आएको बताउँनुभयो । आफ्नो पालो नआए पनि बुबाको २०७३ असोज १० गते स्वर्गारोहण भए पछि उहाँको ईच्छा र वाचा पूरा गर्न २०७६ साल असार २८ गते नै नवदुर्गा जात्रा तथा मन्दिर ब्यवस्थापन समिति अन्तर्गत खँःम्ये जात्रा ब्यवस्थापन कमिटिलाई रु एक लाख रुपैया दिएर राखेको बताउँनुभयो । अब काभ्रेको नालावाट द्यःछेंसम्म ल्याउने सम्पूर्ण खर्च पनि दाता आफैले ब्यहोर्ने चलन अनुसार उहाँले नै गर्ने बताउँनुभयो ।











0 Comments