हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

प्रस्तुत फोटोहरु पुरानो हो

क्तपुर श्रावण १८ गते २०८१
नेवाः समुदायमा बर्ष दिनको जात्राको शुरुवातको रुपमा लिने गथामग चर्हे अर्थात सिङज्या ब्यंकेगु दिन । गथामग चर्हे नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिनमा पनाईने एक चाड हो । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । नेवाः समुदायमा सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (सिङाज्या रोपाईको समय) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग चर्‍हे भनिन्छ । सिथिनखःलाई म्ह्यामचा नखः (चेलीबेटीहरुको चाड) भनिन्छ भने गथामग चाडलाई कायमचा नखः (केटाहरुको चाड) भनिन्छ ।

भलभल अष्टमीको दिन नवदुर्गा देवगणको जलाशन नेवाः समुदायमा खिं, तः बाजाहरु बजाउन नमिल्ने परम्परा छ गथामग चर्हेको दिनबाट मात्र बजाउन सुरु गर्ने गरिन्छ । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिङाज्या (सिनाज्या)को समयमा सफाइ गर्ने फुर्सद हुन्दैथ्यो । सिङाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर)लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे भने भनाई थियो । तर सिङाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गर्ने गर्दछ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ ।

जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो । आजै दिन छें बौ बिगुू भनी नयाँ घरको सुदृढीकरण पुजा पनि गरिने चलन छ भने हातमा फलामको औंठी पनि लगाउने गर्दछ । पहाड तिर लुटो फाल्ने भनेर घरको छट छटमा आगो बाल्ने गरे झै काठमाण्डौ उपत्यकामा यसरी नै आगो बाल्ने चाडको रुपमा गथंमुग चर्‍हेलाई लिइन्छ । मध्यपुर थिमीमा रहेको बालकुमारी मन्दिरसंगैको पोखरीमा आज राँगोको खुट्टालाई पोखरीमा फालेर विशेष जात्रा हुने गर्दछ । जात्रालुहरुले फालेको राँगाको खुट्टा पोखरीमा फालिन्छ र केही ब्यक्तिहरुले पौडी खेलेर भेटाइन्छ । उक्त भेटाएको खुट्टा मोलमोलाइ गरि जात्रालुले किन्छ र पुन पोखरीमा फ्याकि एक डेढ घण्ट जस्तै जात्रामा रमाईलो गर्ने परम्परा चलिरहेको छ । 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).