हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र २९ गते 
भक्तपुर जिल्लामा सञ्चालित शुभकामना बचत तथा श्रmृण सहकारीको आज २४ औं बार्षिक साधारण सभा गरेको छ । संस्था २०८१ जेठबाट २५ औं बर्षमा प्रवेश भईसकेको छ भने अव २५ बर्षको अवसरमा बर्षदिन नै नागरिक सचेतना कार्यक्रम लगायत बिभिन्न कार्यक्रमहरु गरि रजत बर्ष मनाउने
 जनाएको छ । भाद्र २९ गते भएको साधारण सभामा हालसम्म सदश्य संख्या १० हजार ३२९ जना भईसकेको छ जसमा महिला ४ हजार ८३७ जना पुरुष ४ हजार ४७७ जना छन् भने बाल पचतकर्ता १ हजार ६ जना रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । संस्थामा हाल कायम भएको औषत बचत रु १ अर्ब ११ करोडलाई बृद्धि गरि २०८१ ८२ मा रु १ अर्ब ३१ करोड पुर्याउने लक्ष्यका साथ अघि बढ्ने २०८१ ८२ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको छ ।

हाल संस्थामा शेर पूंजी रु १० करोड ८६००००० लाख पुगी सकेको छ भने जगेडा तथा अन्य कोषहरुमा रु १८ करोड ७४ लाख ७७ हजार ७३५ पुगीसकेको संस्थाका कोषाध्यक्ष नारायण बहादुर बासुकलाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रमा संस्थाका सदश्यहरु कक्षा ८ पास भएका ११ जना, एस ई ई पास गरेका २३ जना र प्लस टु पास गरेका १५ जना बिद्यार्थीहरुलाई पनि सम्मान गरेको थियो । पी एच डी गरेका दुई जना डा.मुनलक्ष्मी त्वायना र डा. सुन्दर हेंगोंजु र एम डी तथा एम एस गरेका डा. सरोज कुमार सुवाल त्यस्तै राष्ट्रिय खेलाडी सम्मानमा नर्मदा खाईतुलाई बधाई तथा सम्मान गरेको थिायो । त्यस्तै संस्थाको सदश्य सम्मान कार्यविधि २०८० अनुसार उत्कृष्ट बचतकर्ता तर्फ पुरुष तर्फ देव राज जोशी महिला तर्फ शिला बासुकला र दैनिक बचतकर्तामा रमेश ख्याजू सम्मानित भएको छ भने असली श्रmृणी तर्फ पुरुष सुर्वण मानन्धर महिला तर्फ तेज माया भडेल लाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान अन्तर्गत २९ जना जेष्ठ नागरिहरुलाई सम्मान गरिएको छ ।  
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).