हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पाघ २ गते २०८१

फोटा पुराने फाईलबाट 
नेपालकै सबभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध ङालाकेगु नाँच आज सुर्यःमारी टोलबाट शुरु भएको छ । नवदुर्गा देवगणको नेपाल भाषाबाट ङालाकेगु जात्रा अर्थात तेपाल भाषाबाट ङा (माछा) लाकेगु (समाउनदिने) जात्राका रुपमा परिचित छ । प्रत्येक वर्ष भक्तपुरका विभिन्न २१ स्थानमा देखाउने ङालाकेगु नाँच भक्तपुर नगर भित्र आज माघ कृष्ण द्धितीया माघ २ गतेका दिन सुर्यःमारी टोलबाट शुरु हुने परम्परा छ भने बर्षको पहिलो दिन भने काठमाण्डौ पशुपती स्थित जय वागीश्वरी (गोले)मा ज्वार नौवमीको पछिलो नौवमीमा गरिने परम्परा छ । त्यस पछी तोखा, तुतिया, चपली, गोकर्णमा ७ दिनसम्म ङालाकेगु जात्रा गरिन्छ । भक्तपुरको थिमिमा योःमारी पुन्ही (मार्ग शुक्ल पूर्णिमा) दिन देखि एक हप्ता जात्रा गर्ने परम्परा रहीआएको छ ।

जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि बिहान देखि बिभिन्न नाचगाणहरु भैरहन्छ दिउँसो सिम्ह दुम्हले ङालाकेगु जात्रा गरिन्छ भने राती सुतीभैल (श्वेत भैरव)ले गरिन्छ भने सो जात्राको प्रमुख आकर्षण पनि यही हो ।
दिनभरिको जात्रा अन्तर्गत प्वास्याकेगु प्याखं, पेट दुखाउने नाच, श्वेत भैरवको मतिना प्याखं, मायाको नाच, वस हियेगु प्याखं लुगा धुने नाच र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायण वनमालाले बताउँनु भयो ।

भक्तपुर नगरपालिकाको यो जात्राको विशिष्ट पहिचान रहेको सस्कृतिकर्मीको भनाइ छ । यो जात्रा भक्तपुर , काठमाडौँ र काभ्रे जिल्लामा गरि वर्षमा आठ महिना सञ्चालन हुने गर्दछ । १९ जना देवगण रहने नाचमा मकुन्डो लगाएर १२ जनाले नाच्ने परम्परा छ । भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् भने टोलीका सदस्यहरुबाटै बाजा बजाउने गरिन्छ । मल्लकालीन नवर्दुगाको यो ङालाकेगु नाच मानव समाजमा आधारित भक्तपुरको यो नाच सञ्चालन गर्न नेवार समुदायको बनमाला जातिको महत्वपूर्ण भूमिका हुन्छ । बनमाला समुदायबाटै पालैपालो यो नाच सञ्चालन हुन्छ । 
यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्लले नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल परेकाले सहकाल ल्याउन यो नाच संचालनमा ल्याएको इतिहास छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).