2025-02-02 07:08:14
नगदेशको श्री सिद्धि गणेश द्यछें विकास समितिमा बिरेन्द्र भक्त प्रधानाङ्ग चयन
भक्तपुर माध २० गते
मध्यपुर थिमीको नगदेश स्थित श्री सिद्धि गणेश द्यछें विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग, सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिष भक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग रहेका छन । यस्तै पदेन सदस्यमा मध्यपुर थिमी वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुठीका राजन भक्त प्रधानाङ्ग र सिद्धिगणेश गुथिका सिद्धि गणेश द्यो गुथिका राज कृष्ण वाडे रहेका छन । शनिवार नगदेशमा भएको अधिवेशनमा प्रमुख अतिथि पुरातत्व विभागका डिजी सौभाग्य प्रधानाङ्ग रहेको थियो भने विषेश अतिथिको रुपमा वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति रहेका थिए ।











0 Comments