2025-05-31 06:23:01
भक्तपुरको सल्लाघारी चौरमा जेठ १८ देखि २३ सम्म यामाहाको एक्स्चेन्ज मेला
भक्तपुर जेठ १७ गते २०८२
भक्तपुरको सल्लाघारी चौरमा जेठ १८ गते आइतबारदेखि २३ गते शुक्रबारसम्म यामाहा एक्स्चेन्ज अफर चल्ने भएको छ । यामाहा मोटर साइकलको ब्लु फेस्ट अन्तर्गत सो एक्चेन्ज अफर सल्लाघारीस्थित ९९ रोपनीको खुला चौरमा चल्ने भएको हो । सो अफर प्रत्येक दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्चेन्जमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरहरु ल्याई नयाँ यामाहा ब्राण्डका विभिन्न मोडेलका नयाँ मोटरसाइकल, स्कुटीहरु लान सकिने व्यवस्था मिलाएको छ । जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटीको न्युनतम मूल्य २५ हजार र यामाहाको भए न्युनतम ५० हजार (कर चुक्ता भएको) मूल्यमा साट्न सकिने व्यवस्था रहेको भक्तपुरका आधिकारिक विक्रेता द व्हीलस् प्रालिका व्यवस्थापक इन्जिनियर सुरेश कवांले जानकारी दिनुभयो । याहामाका आधिकारिक विक्रेता कवांले स्थानीयस्तरमा भक्तपुरमा हुन लागेको यो पहिलो एक्चेज अफर हो, यहाँबाट सहज तरिकाले फाइनान्सको सुविधामा पनि उपलब्ध गराउने जनाएको छ । नयाँ खरिदमा न्युनतम ६ हजार छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 











0 Comments