2025-08-22 12:24:20
नेपाल यातायात ब्यवसायी महासंघ रामकाजी भुजु निर्विरोध निर्वाचित भएको छ ।
भक्तपुर भाद्र ६ गते २०८२

आाज भक्तपुरमा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भक्तपुर जिल्ला समितीको तेस्रो अधिवेशनवाट रामकाजी भुजु निर्बिरोध निर्वाचित भएकोलछ । भुजुको संयोगकत्वमा १० सदस्यीय कार्यसमिती पनि निविरोध रुपमा चयन गरिएको छ । अधिबेशनवाट सचिवमा लक्ष्मी प्रसाद गोरा, कोषाध्यक्षमा बाबुकाजी छुंजु चयन भएका हुन । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र महर्जन, जगदिशमान श्रेष्ठ, युवराज घतानी, तुलसीमान श्रेष्ठ, सत्यनारायण सुवाल, निरन थापा क्षेत्री, चन्द्र कृष्ण ग्वाछा निर्विरोग चयन भएका छन् । कार्यक्रममा यातायात व्यवसायीहरुले यातायाता प्राधिकरण गठन गरि यातायातामा विद्यमान समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन । यातायात व्यवसायीहरुले १५ बर्ष अगाडी नै प्राधिकरण बनाउनु पर्ने माग गरेपनि सरकारले नसुनेको आरोप लगाएका छन । यातायात प्राधिकरण गठन भएमा सरकार, निजि क्षेत्रका यातायात व्यवसायी र यातायात मजदुर संगठन अट्ने गरि यातायात सम्वन्धी ऐन नियमहरु संशोधन गर्न सरकारलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वार बताउनुभयो ।

बल्सल रकारले उपत्यका यातायात प्राधिकरणको गठन प्रकृया अगाडि बढाए पनि बागमति प्रदेश सरकार र केन्द्रीय सरकार विच काठमाडौ उपत्यकाको विषयमा विवाद हुदा उपत्यका प्राधिकरणको प्रकृया अगाडी बढन नसकिएको अध्यक्ष स्वार बताउनुभयो । दुर्घटना विमालाई तीन लाख बाट बढाएर पाँच लाख पुर्याउनुपर्ने र दुघटनामा मृत्यु भएका परिवारलाई पाँच लाख बाट सात लाख रुपैया पुर्याएर क्षतिपुर्ति रकम परिवारलाई दिन सरकारलाई सुझाव दिएको उहाँले बताउनु भयो । तर सरकारले १५ लाख पुर्याउनु पर्ने बताउदै आएको पनि उहाँले बताउनुभयो । निम्न, मध्यम बर्गिय यातायात व्यवसायीहरुले गरेको लगानीको सुरक्षा सरकारले गर्न नसकेको भन्दै उहाँले व्यसायीहरुले नै लगानी सुरक्षा गरिरहेता पनि सरकारले यातायातमा सिन्डिकेट लगायो भनेर आरोप लगाउने गरेको प्रति आपत्ति जनाउनुभयो । क्षेत्र अनुसारको जनसंख्याको आधारमा बैज्ञानिक तरिकाले रुट परमित नदिइ सरकारले मनलाग्दी तरिकाले रुत परमित दिदाँ ग्रामिन क्षेत्रमा यातायातका साधनले सेवा दिन नसकिएको उहाँको भनाई थियो । नेपालका यातायात कार्यलय सवै भ्रष्ट भएको आरोप लगाउदै उहाँले पैसा नदिएसम्म कुनै पनि काम कार्यालयवाट हुन नसकिएको आरोप समेत लगाउनुभयो । यस्तै नेपाल यातायात व्यवसायी महासंघका सल्लाहाकार योगेन्द्र नाथ कर्माचार्यले सरकारले देश भरि सार्वजनिक यातायात संचालन गर्न नसक्दा निजि यातायात व्यवसायीहरुले संगठन बनाएर सार्वजनिक यातायात सेवा दिइरहेको बताउनुभयो । व्यवसायीहरूले घाटा खाएर भए पनि ग्रामिण भेगमा यातायात संचालन गर्दै सेवा दिँदै आएको बताउँदै तर पनि सरकार र पत्रकारले व्यवसायीहरुले यातायात क्षेत्रमा सिन्डिकेट गरिरहेको भन्दै हत्तोसाहित हुने गरि आरोप लगाउदै आएको बताउनुभयो ।











0 Comments