2025-09-01 06:46:14
हाम्रो सेरोफेरो तथा सामाजिक बिषयक प्रदर्शनी २०८२ सम्पन्न
भक्तपुर भाद्र १६ गते २०८२
भक्तपुर जिल्लाको सुर्वियनायक नगरपालिका वडा नं.४ दधिकोटमा अवस्थित शंकर नेशनल स्कुलले क्रमिक रुपमा कक्षामा गरिएका र अध्यापन भएका पाठ्यवस्तुहरूको आधारमा मासिक र साप्ताहिक रुपमा फरक फरक क्रियाकलापहरुमा बिद्यहरुलाई जोड्दै उक्त कक्षागत सिकाईलाई विषयसँगै जोड्दै विभिन्न प्रयोगात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सिकाई उपलब्धीमुलक बनाउनको लागि कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूको सक्रियता र विशेष शिक्षकहरूको संयोजकता तथा अन्य शिक्षकहरूको सहयोगमा विद्यालयको कार्यक्रम “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२”को आयोजना गरिएको थियो । उक्त प्रदर्शनीमा आ–आफ्नो कक्षाको प्रतिनिधित्व गर्दै हरेक कक्षाले विभिन्न स्टलहरु राखेका थिए । उक्त स्टलमा समुदाय, पेशा र आर्थिक क्रियाकलाप, हाम्रो पृथ्वी, नागरिक चेतना, कला संस्कृति, हाम्रो विगत, हाम्रो समुदाय, हाम्रा परम्परागत उपकरण, चाडपर्व लगायतका विषयवस्तुहरु प्रत्यक्ष अवलोकन गरी सम्पूर्ण विद्यार्थीहरूले सिक्ने अवसर पाएका थिए ।
परम्परागत पोशाकहरू, डोको, नाम्लो, टुकी, रेडियो, हलो–जुवा देखि हाम्रो पृथ्वी समेत स्टलमा राखिएको थियो। उक्त स्टलमा रहेका । प्रदर्शनीमा राखेका विभिन्न सामग्री तथा वस्तुहरूबारे अवलोकनकर्ताहरुलाई प्रष्ट रुपमा व्याख्या गरी बुझाउने प्रयास गरेका थिए, । लोप हुन लागेका वस्तु सामग्री तथा नागरिक चेतनाकोबारेमा संविधान तथा नियम कानुन र नागरिक चेतनाको बारेमा नानीबाबुले प्रष्ट पारेका थिए । जसमा विभिन्न चेतनामूलक प्लेकार्डहरु समेत प्रदर्शनमा राखिएको थियो।
उक्त प्रदर्शनीमा हाम्रो सेरोफेरो तथा सामाजिक विषयसँग जोड्दै । अतिरिक्त क्रियाकलाप इन्चार्ज मुकुन्द अधिकारीले यस प्रदर्शनीबाट नानीबाबुहरूले विशेष सिकाइ मात्र नभई प्रस्तुतिकरण, सामाजिकरणको ज्ञान र पूर्णरूपले विषयवस्तुहरुलाई सिकाउने
उद्देश्य रहेको बताउनुभयो भने यस प्रकारका र अन्य अतिरिक्त क्रियाकलापहरुलाई प्रयोगात्मक रुपले नै सिकाई उपलब्धीमुलक हुनेमा दुई मत नरहेको विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो
साथै अब अर्को प्रदर्शनी गणित विषयसँग जोडेर हुने पनि जानकारी दिनुभयो।











0 Comments