2025-09-01 08:01:46
इन्टरनेशनल एजुकेसन भिजन अवार्ड लोहकन्थलीको शिक्षालय कलेजलाई
भक्तपुर भाद्र १६ गते २०८२
मध्यपुरथिमि न.पा लोहकन्थलीमा रहेको शिक्षालय
कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ । यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए
र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ ।
लोहकन्थली मै रहेको समृद्धि कलेजका फाउण्डरहरु मिलेर स्थापना गरिएको यस कलेजमा भक्तपुर जिल्लामा आइटीमा राम्रो शिक्षा र परिक्षाफल राम्रो परिणाम हासिल गर्ने कलेज हो । व्यवस्थापन संकायअन्तर्गत बिबिए र एमबिए पढ्ने विद्यार्थीहरुलाई काठमाडौंसम्म जानु नपर्ने हिसाबले राम्रो शिक्षा दिन यो शिक्षालय कलेजको स्थापना भएको कलेजका प्रबन्ध निर्देशक सन्दिप श्रेष्ठले
बताउनुभयो। उहाँले यस कलेजले यस अघिपनि नयाँ धार नयाँ सोचको आधारमा नेशनल अवार्ड अन्तर्गत “इमर्जिब कलेज अवार्ड” प्राप्त गर्न पनि सफल भएको बताउँदै विद्यार्थी र अभिभावकले दिनुभएको साथ र विश्वासले अब यस शिक्षालय कलेजमा चाँडै कानुनमा स्नातक पनि ल्याउने तयारी भएको पनि जानकारी दिनुभयो।











0 Comments