2025-10-13 08:08:40
भक्तपुर ताथलीको बाला टोलमा मखमली फुल ब्यवसायीहरूलाई भ्याई नभ्याई
भक्तपुर असोज २७ गते २०८२
तिहार नजिकिएसँगै भक्तपुर ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र माला उन्न व्यस्त भएका छन् । तिहार नजिकै आएपछि सो समुदायको प्रत्येक घरका केटाकेटीदेखि महिला र पुरुष समेत फुल टिप्ने र माला उन्ने काम लगभग सकिसकेका छन् । तिहारको भाइटीकाका लागि नभई नहुने मखमली फूलमाला उन्न चाँगुनरायण वाडा नं. ९ ताथली बाला टोल स्थानीय माला उन्न व्यस्त भएका हुन् । नेवार समुदायमा परम्परागत रुपमा मखमली फूलखेती गर्ने वनमाला थरीको प्रमुख पेसा हो । आय आर्जनको प्रमुख स्रोत फूलखेती गर्ने वनमालाहरु ताथलीमा करिव ३५ घर परिवार रहेको स्थानीयले जानकारी दिए । उनका अनुसार सो क्षेत्रका प्रत्येक घरले घटीमा एक रोपनीमा मात्र भए पनि मखमली खेती गरेका छन् । त्यस्तै बनमाला बस्तीसँगै उत्तर पट्टि बाला टोल छ । हाल सो टोलका स्थानीयले पनि मखमली खेती गर्न थालेको धेरै बर्ष भैसक्यो । यो बर्ष बाला टोलमा करिव ४० रोपनी जतीमा मखमली फुल खेती गरेको स्थानीय मञ्जु बालाले जानकारी दिनुभयो । उहाँका अनुसार एक रोपनीमा करिव १५ सय माला उत्पादन हुने बताउँदै बिगत ८,९ बर्ष देखि प्रति माला होलसेलमा घरसम्म लिन आउने ब्यापारीले २५ देखि ३० रुपैयाँसम्म तिरेर लाने गरेको जानकारी दिनुभयो । फुल खेतीमा धान खेतमा भन्दा धेरै मेहनत गर्नु पर्ने भएता पनि आम्दानी राम्रो भएको यस सन्तुस्ती भएको बताउनु भयो ।

वैशाख–जेठ महिनामा छर्ने मखमली फूल साउन महिनादेखि फूलेपछि भदौदेखि फूल टिपेर माला उन्न व्यस्त रहने वनमालाहरुको भनाइ छ । यसरी उनेका फूलमाला उपत्यकाका सहरलगायत बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि निर्यात गर्ने गरिएको उनले जानकारी दिए । यसरी बिक्रीमार्फत सो समुदायले वार्षिक रुपमा राम्रो आम्दानी गर्ने गरेका छन् ।
फूल मात्र बेचेर एक परिवारले १ लाखदेखि ८ लाख सम्म कमाउने गरेका छन् । त्यही कारण वनमालाहरु बाहेक अरु थरीका किसानहरु प्रत्येक वर्ष मखमली खेतीतर्फ आकर्षित भइरहेकोछ । वनमालाहरुले परापूर्व समयदेखि गर्दे आइरहेको फूलखेतीबाट राम्रो आम्दानी भएकै कारण मखमली फूलखेतीप्रति वनमालाहरु मात्र नभई अन्य जातिसमेत आकर्षित हुन थालेका हुन । जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समय जिल्लामा ताथलीलगायत गुण्डु, छालिङ, दधिकोट, सिपाडोल, बालकोट क्षेत्रको विभिन्न स्थानमा समेत व्यावसायिक मखमली र अन्य फूलखेती गर्न थालेका छन् ।











0 Comments