2025-10-21 13:14:33
भक्तपुर बुलुचा टोलबाट कौडा खेल्दै गरेका २७ जुवाडे पक्राउ
भक्तपुर कार्तिक ३ गते २०८२
हिजो राति १२:१५ बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ४ बुल्चा स्थित एक घरमा पैसाको हारजित हुने गरी कौडा खेल्दै गरेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले कौडा खेलिरहेको अवस्थामा जुवाडेहरू पक्राउ गरेको छ । परिसरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा २७ जना मानिसहरु पैसाको हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको परिसरले जानकारी दिएको छ । साथै १६ वटा कौडा र नगद रु. ९,२३,९६०।– (नौ लाख तेहिस हजार नौ सय साठ्ठी) रुपैया समेत खेलिरहेको स्थानबाट बरामद गरी जिल्ला परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी प्रकाश जबेगुले बताउनु भयो ।











0 Comments