2025-10-22 06:39:14
भक्तपुरको ताथलीमा नयाँ वर्षा ११४६ को भिन्तुना र्यालि भव्यरूपमा सम्पन्न
भक्तपुरको ताथलीमा भिंतुना र्याली : भिंतुना गीत पनि सार्वजनिक गरेको छ ।
भक्तपुर कार्तिक ५ गते २०८२
नेपाल संवत् ११४६ नयाँ बर्षको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा मंगलबार भव्य रूपमा भिंतुना र्याली सम्पन्न गरिएको छ । र्यालीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवां, चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यात, र स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर थुयाजुले संयुक्त रूपमा गरेको थियो । सो अवसरमा केन्द्रीय सदश्य कवांले स्थानीय ज्येष्ठ नागरिक थुयाजुलाई दोसल्लासहित सम्मानसमेत गरेका थिए ।कार्यक्रमकै क्रममा ‘भिंतुना गीत’ सार्वजनिक गरिएको थियो । सञ्चारकर्मी हरिसुन्दर छुकांको शब्दमा रचित सो गीतमा विनोद विकको स्वर, प्रभाष दैलेखीको संगीत संयोजन र ताथली धिमे खलःको धिमे संगीत संयोजन रहेको छ । कार्यक्रम आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांले प्रगति युवा समाजले नेपाल संवतः ११३८ देखि लगातार भिंतुना र्याली आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रमलाई अझ सशक्त र समावेशी बनाउन विविध स्थानीय संस्था र समूहको सहयोग रहेको बताए ।
र्यालीका संयोजक अनिल थुयाजुका अनुसार यस वर्षको र्यालीमा चाँगुनारायण नगरपालिका वडा नं. ८ कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि., देवी महिला बचत तथा ऋण सहकारी संस्था लि., देवी माध्यमिक विद्यालय, फैढोका आधारभूत विद्यालय, ताथली धिमे खलः, देवी सांस्कृतिक बाजा समूह, खगां दाफा खलः, माझी भैरव सांस्कृतिक बाजा समूह, बनदेवी सांस्कृतिक बाजा समूह, तैकाबु गणेश सांस्कृतिक समूह, फैढोका धिमे खलः, कार्यविनायक धिमे खलः, आजु धिमे खलः, प्रगति समूह, इन्भेस्टमेन्ट ग्रुप, माझी भैरव टोल विकास संस्था, एकाडोल टोल विकास संस्था, नवजागरण दम्पती कोष र टप टेन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युसहितका संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो ।
र्याली ताथलीको सौडोल चोकबाट सुरु भई फैढोका टोलमा समापन गरिएको थियो । सांस्कृतिक बाजागाजासहितको र्यालीले माथिल्लो सौडोल, खड्का टोल, देवीटार, ताथली पुल, वनमाला टोल, राउत टोल, बाला टोल, तल्लो राउत टोल, तैकाबु टोललगायतका बस्तीको परिक्रमा गरेको थियो ।
कार्यक्रमको सञ्चालन हरिसुन्दर गोसाईँले गरेका थिए । उनले नेपाल संवत् प्रवर्द्धनका लागि निरन्तर आयोजना हुँदै आएको भिंतुना र्याली संस्कृति र पहिचानको प्रतीकको रूपमा विकास भइरहेको बताए ।











0 Comments