हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

हरिसुन्दर छुकां 

भक्तपुर पुस १ गते २०८२

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकामा माटो तस्करीमा प्रहरी देखि जनप्रतिनिधिको सेटिङ रहेको आरोप । वडाको शान्ति सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्धलाई केन्द्रमा राखेर नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी प्रभाग जगाति र वडा नं. ९ ताथलीको संयुक्त आयोजनामा भएको सुनुवाइमा स्थानीयवासीले अवैध रूपमा भइरहेको माटो ओसारपसार र अनियन्त्रित उत्खनन तत्काल नियन्त्रण गर्न सामूहिक आवाज उठाएका छन्।

कार्यक्रममा सहभागी नागरिकहरूले बढ्दो माटो तस्करीका कारण वातावरणीय सन्तुलन खल्बलिएको र ताथलीवासीको दैनिकी असहज बन्दै गएको उल्लेख गर्दै जनप्रतिनिधि र प्रहरीले तत्काल प्रभावकारी समाधान लागू गर्न माग गरेका छन्। ताथली–नाला सडक खण्डमा दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना, चोरी–डकैती तथा लागूऔषध दुर्व्यसनजस्ता समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले जनजीवन असुरक्षित बन्दै गएको उनीहरूको भनाइ थियो। सहभागीहरूले माटो तस्करको चङ्गुलमा प्रहरी, प्रशासन र जनप्रतिनिधिसमेत परेको आरोप लगाए। “वडाले सिफारिस नगर्दा पनि नगरपालिकाबाट कसरी सिफारिस भयो ? ती सिफारिसकर्ता को हुन् ? यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्छ र दोषीमाथि कारबाही गर्नुपर्छ,” उनीहरूले माग गरे।

कार्यक्रममा चाँगुनारायण नपा–९ का वडा अध्यक्ष गणेश त्यातले सबै वर्ग, क्षेत्र र निकायले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरे समाज आफैं सुरक्षित बन्छ,” उहाँले भनुभयो । उहाँले स्थानीयका गुनासा समाधानका लागि नगरपालिकासँग समन्वय गरी आवश्यक कदम चालिने प्रतिबद्धता पनि व्यक्त गरे। वडा अध्यक्ष त्यातका अनुसार पछिल्लो समय घडेरी सम्याउने नाममा सिफारिस लिएर पनि तोकिएको सीमाभन्दा बढी माटो उत्खनन भइरहेको बताउँदै वडाबाट सिफारिस नदिँदा पनि नगरपालिकाबाट सिफारिस ल्याएर अवैध रूपमा माटो चोरी गर्ने प्रवृत्ति बढेको बताउँनु। अवैध माटो ओसारपसारले वातावरणीय क्षतिसँगै बस्ती, सडक र कृषि भूमिसमेत जोखिममा परेको उल्लेख गर्दै यस विषयमा दैनिक गुनासा आउने गरेको पनि जानकारी दिनुभयो ।

नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले बनेका नीतिनियम कडाइका साथ लागू गर्न प्रहरीले तदारुकता देखाउनुपर्ने बताउनु। उहाँले नागरिक सुनुवाइलाई टोल–टोलसम्म विस्तार गर्न सके मात्र वास्तविक समस्या उजागर हुने धारणा राख्नुभयो । सो कार्यक्रममा पत्रकार हरिसुन्दर छुकांले अवैध माटो उत्खननलाई नीतिगत कमजोरी र कार्यान्वयनको अभावसँग जोड्दै यसबारे सार्वजनिक बहस र सूचनाको प्रवाह आवश्यक रहेको बताउँनुभयो। पत्रकार छुकांले अवैध उत्खननलाई सामान्य समस्या ठान्न नहुने उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा समाज र वातावरणमा गम्भीर असर पार्ने चेतावनी दिनुभयो ।

स्थानीय युवा उत्तम साखकर्मीले युवापुस्तामाझ बढ्दै गएको लागूऔषध दुर्व्यसनप्रति चिन्ता व्यक्त गर्दै  “लागूऔषध दुर्व्यसन अपराध, चोरी र असुरक्षासँग जोडिएको बताउँनुभयो। यसको नियन्त्रणका लागि प्रहरी, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक छ। त्यस्तै वडा सदस्यद्वय कमला गिरी र सुमित्रा दर्जीले वडावासीका गुनासाहरू जायज रहेको उल्लेख गर्दै माटो उत्खनन र ओसारपसारमा पारदर्शी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएका छन्। वडाबाट दिइने सिफारिसको दुरुपयोग रोक्न स्पष्ट मापदण्ड र नियमित अनुगमन आवश्यक रहेको उहाँहरूको भनाइ थियो। साथै प्रहरीले नागरिकसँग विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय राजकुमार बस्नेतले वडामा शान्तिपूर्ण वातावरण बनाउन विभिन्न संघसंस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। स्थानीय रोशन गणेजु लगायतले माटो तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे।

त्यस्तै जगाती प्रहरी वृतका प्रहरी निरीक्षक कञ्चन राजचलले नागरिकको सुरक्षा, शान्ति र अमनचयन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। अवैध माटो उत्खनन, सवारी दुर्घटना न्यूनीकरण र लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै उहाँले नागरिकबाट प्राप्त सूचनालाई गोप्य तवरमा अनुसन्धान गरिने बताउनु। कार्यक्रममा प्रहरी नायब निरीक्षक ललिता थापाको पनि उपस्थिति रहेको थियो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).