2025-12-17 08:21:07
संसार भरि ५८ प्रतिशत भन्दा बढी महिलाहरू अनलाइन हिंसाबाट पिडित छन् ।
भक्तपुर पुस २ गते २०८२

महिला जागरण तथा विकास केन्द्रले मंगलवार भक्तपुरमा गरेको निजी सेक्टर, पत्रकार तथा नागरिक समाजसंगको कार्यशाला कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. शशी अधिकारीले विश्वमा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएको बताएकी छिन् । उहाँले “विश्व को तथ्यांक हेर्दा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको शिकार भएका बताउँदै ९० देखि ९५ प्रतिशत सफेद झुट महिलाका यौन तस्विरहरु तथा भिडियोहरुको प्रचार गर्ने गरेको पाईएको बताउँनु भयो ।
उहाँले भनुभयो तथ्यांक अनुसार ४ मध्ये १ महिला पत्रकारलाई ज्यान मार्ने धम्की अनलाइन मार्फत दिने गरेको र ३ मध्ये १ महिला सांसदलाई अनलाइन मार्फत ज्यान मार्नेधम्की दिएको पाईयो । हाम्रे देशमा पनि नेपाल साईबर व्यूराका अनुसार झण्डै ४५ प्रतिशत महिला र बालिकाहरु माथि चरित्र हत्या गर्नका लागि झुट्टा समाचारहरु सामाजिक संजालहरुमा राख्ने गरेको पाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्र नेपाल प्रहरीको तथ्याङमा जवर्जस्ती करणीमा दुई हजार दुई सय ५३ मुद्दा र बालयौन दुव्यवहारको तीन सय ५५ मुद्दा दर्ता भएको जानकरी दिनुभयो ।











0 Comments