हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पुस २३ गते २०८२

भक्तपुरमा लामो समय देखि निरन्तर पत्रकारितामा लागि परेका तीन जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा उहाँहरू सम्मानित भएका हुन् । सम्मानित हुनेमा राष्ट्रिय संचार केन्द्र नेपालका अध्यक्ष पेशल कुमार आचार्य, कान्तिपुर टेलिभिजनका भिडियो तथा फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ रहेका छन्  । अध्यक्ष आचार्यलाई स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिताले सम्मान गरिएको थियो भने स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिताबाट पत्रकार कोजू र स्व.मैंयादेवी शिल्पकार स्मृति कृयाशील पत्रकारिता पुरस्कारबाट हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठलाई सम्मान गरिएको थियो । 

तीन दशक भन्दा लामो समयदेखि पत्रकारितामा योगदान पुर्‍याएका आचार्यलाई १५ हजार रूपैयाँ नगद सहित सम्मान गरेका छन् भने, कोजु र श्रेष्ठलाई जनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको महासंघका उपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक हेमराज ढकालले बताए । उनीहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले सम्मान तथा पुरस्कृत गरेको हुन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).