2020-12-09 19:34:24
कोभिड-१९ सङ्क्रमणमा आयुर्वेदीय विश्लेषणात्मक दृष्टिकोण र जडिबुटी
आयुर्वेद चिकित्साको मुख्य उद्देश्य शरीर निर्माणको आधारभूत स्तम्भको रुपमा रहेको धातु अर्थात् सामान्य बुझाईमा तन्तुहरुको साम्य अवस्थामा राख्नु हो । शरीरको निर्माणमा आधारभूत धातुहरु जस्तैः शरीरको जलिय तत्वहरु, रगत, मासु, मेद, हड्डी, मज्जा आदि शारीरिक अवयवहरुलाई सन्तुलित गरेर यसको कार्यमा निरन्तरता दिनु आयुर्वेदीय चिकित्सा शास्त्रको प्रयोजन हो । (च.सू.१।५३, चक्र.)
शरीरमा यिनै सुक्ष्म रुपमा रहेको तन्तुहरुको विषमता वा सामान्य अवस्था भन्दा बढी या घटीको अवस्थामा रोग उत्पत्तिको मुख्य कारण हुन्छ तर जब यो शरीरको आधारभूत धातुहरु समान रुपमा आ-आफ्नो कार्य गर्दछन, तब स्वस्थ भएको अनुभुति हुन्छ । यो शरीरको प्राकृत अवस्था हो भने धातुहरूको विषमता रोगको उत्पत्तिको मुख्य कारण हो । धातुहरूको विषमता हुनु रोग उत्पत्तिको कारण बन्न सक्छ ।











0 Comments