2022-07-02 09:17:10
असार १५का लागि भक्तपुरको जुजु धौ ब्यापारीलाई भ्याई नभ्याइ ।
भक्तपुर असार १४ गते
असार १५ गते दहि च्युरा खाने दिन हो । यसकै लागि भक्तपुरका धौ ब्यवसायीहरुलाई भ्याई नभ्याई भएको छ । अरुबेला दिनको करिव ४०० लिटर धौ बनाउने भक्तपुर लिवालीका सैजु दही भण्डारका रामदेवी सैजुले बताए । असार १५ गतेको लागि १०००, १२००लिटर भन्दा बढी बनाउँदा पनि १५ गतेलाई नपुग्ने बताउँनु हुन्छ ।
भक्तपुरको जुजु धौ ¬(दहिको राजा) नाम सुन्दै मुख रसाउने गरिन्छ । मिठो रसिलो स्वादिलो दुधको परिकार हो जुजु धौ । बाक्लो राम्रोसँग पकाएको दुधबाट केमिकल रहित परिकार हो भक्तपुरको जुजु धौ । बिशेष गरि नेवाः समुदायमा कहिं कतै जानु पर्यो भने, नयाँ काम शुरु गर्नु पर्यो भने, कुनै पनि काममा सफलता मिल्यो भने र शुभ कामको लागि सगुन दिने चलन छ । धौ सगुनको लागि नभई नहुने चिज हो । धौ स्वगँ (सगुन) भने पछि धौ (दहि), खें (अण्डा), ङा (सुकेको माछा) र अयला (रक्सी) चाहिंन्छ । त्यस लगायत नेवाः समुदायमा कुनै पनि प्रकारको भोजमा भोज सकाउनको लागि दहि नभईनहुने परिकार हो बिशेष गरि भक्तपुरमा । भक्तपुरको जुजु धौ बिशेष गरि उपत्यका लगायत उपत्यका सँगैको जिल्ला काभ्रे, नवाकोट धादिङ लगायतका नेवाः बस्ति भएको जिल्लाहरुमा जाने गरिन्छ । दहि चाँडावाडमा अरु बेला भन्दा धेरै माग हुने ब्यावसायीहरु बताउन्छन् । नेपालीहरुले बिशेष गरि दशैं, बिस्का जात्रा, औंसी, असार १५ गते लगायत बिशेष दिनहरुमा खाने चलन छ ।
कोरोनाका कारण यो बर्ष दहिको माग धेरै कम भएको भक्तपुरको सैजु दहि भण्डारका संचालक कृष्ण गोपाल सैजुले बताउनु भयो । दहिको माग घटे पछि सधै उठाई रहेको दुध खपट गर्न नसके पछि उपत्यका बाहिरबाट आउने दुधलाई पाउडर दुध बनाउन चितवनमा पठाउने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार पहिला उपत्यकाबाट आउने दुधले नपुगेकोले उपत्यका बाहिरबाट ल्याउने गरेको बताउँदै अहिले पछि चाहिने बेला नपाउने डरले पनि किसानबाट नियमित ल्याउने दुधलाई घाटा खाएर भए पनि पाउडर दुध बनाउने कम्पनीमा पठाई राखेको छु । उपत्यका बाट आउने दुधलाई भने पनिर, खुवा लगयतका मिठाईका परिकार बनाएर दुधलाई ब्यवस्थित गरिराखेको छ बताउँदै मुख्य बजारको रुपमा रहेको पार्टी प्यालेसहरु बन्द अनि बजार पनि राम्रोसँग नखोलिएका कारणले ब्यापार धेरै कम भएको बताउनु भयो ।










0 Comments