2020-12-09 19:41:36
बासमती प्रकरणः नेपालले पठायो दावी विरोध
बासमती चामलमा भारतले एकाधिकार कायम गर्ने गरी यूरोपेली यूनियनमा ब्राण्डका लागि गरेको दावीमा नेपालले विरोध पत्र पठाएको छ।
नेपालले बासमती चामल नेपालमा पनि उत्पादन हुने भन्दै यो ब्राण्डमा अन्य कुनै मुलुकले एकाधिकार लिन नपाउने दावीसहित दावी विरोध गरेर पत्र पठाएको कृषि तथा पुश पन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए।
नेपालले बुधबार नै दावी विरोधसहितको पत्र पठाएको उनले बताए। तीन महिना अगाडि नै भारतले यूरोपेली यूनियनम बासमती आफ्नो मुलुकमा मात्र उत्पादन हुने भएकाले त्यसलाई भारतीय ब्राण्डमा मात्र सीमित गर्ने गरी निवेदन दिएको थियो।
भारतको सो निवेदनपछि यूरोपेली यूनियनले दावी विरोधका लागि समय दिएको थियो। त्यो समयसीमा शुक्रबार सकिँदै छ। समयसीमा सकिनु अघि नै नेपालले दावी विरोध पठाएको हो।











0 Comments