2020-12-09 19:51:02
श्वेता खड्काको भावुक नोट
अभिनेत्री श्वेता खड्काले आफूले विवाह गर्न लागेको विषयमा आफ्ना कुराहरु राख्दै सामाजिक संजालमा एक भावुक पोस्ट गरेकी छिन् । उनले नोटमा भनेकी छिन् ‘मलाई थाहा छ श्वेताको आँखामा आँसु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ ।’
एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिँडिरहेको बताउँदै श्वेताले एकल यात्राका बखतमा धेरै पटक लडेको समेत बताएकी छिन् । ‘अब उठ्नै सक्दिन कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ’ उनले थपेकी छिन् ।
जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।











0 Comments